बजेट प्रकरण : छानबिन समितिको बैठक आज पनि बस्दै

बजेट प्रकरण : छानबिन समितिको बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

 संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्न लागेको हो । सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ ।

अहिलेसम्म अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नपाएपछि सिंहदरबार गेटकै फुटेज मगाएर अनुसन्धान गर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ ।

शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनाइएको हो । समिति गठनसँगै उनले पदबाट राजीनामा दिएका थिए ।

Logo