नागरिकता विधेयकका कतिपय प्रावधान सच्याउन आवश्यक छ : वामदेव गौतम

नागरिकता विधेयकका कतिपय प्रावधान सच्याउन आवश्यक छ : वामदेव गौतम

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगिकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगिकृत नागरिकता लिनुपहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने बताएका हुन् ।

उनले सो  प्रक्रिया पूरा गरेपछि मात्रै नागरिकता प्रदान गर्नुपर्ने बताए । नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिक गरेको भएपनि कतिपय प्रावधानहरु सच्याउनुपर्नेमा गौतमको जोड छ ।  

Skip This
Skip This
Logo