सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले अहिले राष्ट्रमा काठमाडौं र धरान लगायतका स्थानमा युवाहरुको आवाजरुपी संकेतको रुप देखापरेको बताए ।
सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परेपनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको औंल्याए ।
विश्वभर अराजकता र एक प्रकारको अन्तरबिरोध मडारिन थालेको उनको भनाय छ । उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको उल्लेख गरे ।





























प्रतिक्रिया