सरकार प्रेस जगतको साथमा छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार प्रेस जगतको साथमा छ : ज्ञानेन्द्रबहादुर कार्की

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा रहेको बताएका छन् ।

आज सूचना तथा प्रशारण विभागले सञ्चार मन्त्रालयमा आयोजना गरेको ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन कार्यक्रम’मा बोल्दै मन्त्री कार्कीले सरकार मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण राख्न पत्रकारहरुको साथमा रहेको बताएका हुन्  ।

उनले सरकार प्रेस जगतको साथमा रहेको बताए । मन्त्री कार्कीले समाजलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यवसायिक पत्रकारिता आवश्यक रहेको पनि उल्लेख गरे । उनले विश्वास आर्जन गर्ने पत्रकार जमातको आवश्यकता औंल्याए ।

मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेसँगै नेपालमा खेर गइरहेको विद्युत भारतीय बजारमा प्रवेश गरेको पनि बताए । अब भारतमा विद्युत बेचेवापत् प्रतिमहिना २ अर्ब रुपैयाँ प्राप्त गर्ने उनको भनाइ छ । 

Logo