प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपाल प्रहरी र सशस्त्र परिवारको बढुवामा परिवारवाद हावी भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकारले नेपाललाई सैन्य गठबन्धनमा लान खोजेको समेत आरोप लगाएका छन् । उनले भने, ‘एसपिपीमा नेपाल सहभागी नहुने भन्ने मन्त्रीपरिषदबाट निर्णय गरेको भन्ने सुनियो। परराष्ट्र मन्त्रालयले अध्ययन गर्दैछ रे। शान्ति सम्झौता गरेर तीनै विषयबस्तु समेटेर नेपाललाई सैन्य गठबन्धनमा लगिँदैछ। के यो संविधान विरोधी होइन ?’





























प्रतिक्रिया