माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने राप्रपाको चेतावनी

माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने राप्रपाको चेतावनी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महंगीबिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीबिरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।

बुधवार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर बिरोध प्रदर्शन गरेको हो । काठमाडौंको भृकुटीमण्ड, लतिपुर, भक्तपुर लगायत मुख्य शहरमा पनि बिरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ ।

बिरोध प्रदर्शनपछि सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरुले सरकारलाई बढ्दो महंगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन बुधवारबाट शुरु गरेको बताइन् । 

Skip This
Skip This
Logo