संवैधानिक नियुक्तीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

संवैधानिक नियुक्तीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

केन्द्रबिन्दु
0
Shares

केपी ओली सरकारको पालामा नियुक्त संवैधानिक निकायका पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए। त्यसपछि सुनुवाइ स्थगित भएको हो।

विपक्षी बनाइएका संवैधानिक निकायका ५२ जना पदाधिकारीका बिषयमा कानून व्यवसायीले प्रश्न उठाएपछि बुधबारको सुनुवाइ स्थगित भएको हो।

बुधबार विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवसायीहरुले संवैधानिक निकायलाई समेत विपक्षी बनाउनुपर्ने र उनीहरुबाट लिखित जवाफ आउनुपर्ने माग गरेका थिए।

उनीहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखेका थिए। 

Logo