अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिहिबार नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिहिबार नेपाल आउँदै


अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् ।

उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन् । यसअघि उनी समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि २०७८ मंसिर १ गते नेपाल आएका थिए ।

Logo