५९ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

५९ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

केन्द्रबिन्दु
0
Shares

विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन् । 
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रशासनतर्फका प्रहरी उपरीक्षक ३६ जना, प्राविधिकतर्फका प्रहरी उपरीक्षक १२ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक १ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक ८ जना रहेका छन् । 

महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी संगठनले राम्रो व्यक्तिलाई पदोन्नति गरेको रहेछ भन्ने अनुभूति हुनेगरी काम गर्न निर्देशन दिए। 

 

Skip This
Skip This
Logo