गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरूलाई खुला ठाउँमा सारिने बताएका छन् ।
राष्ट्रियसभाको बिहीबार बसको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै उनले अधिकांश कारागारहरू शहरको मध्य भागमा रहेको भन्दै तिनलाई ठूलो भूभागमा स्थानान्तरण गर्ने बताएका हुन् ।
साथै नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको पनि उनले बताए । गृहमन्त्री खाँणले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदी बन्दीहरूलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको जनाए ।





























प्रतिक्रिया