मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्काः प्रवक्ता प्रकाशसरण महत

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्काः प्रवक्ता प्रकाशसरण महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । 

शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।

महतले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताउँदै देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । नेपाली काँग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताउँदै प्रवक्ता महतले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको दाबी गरे । 

उनले भने, ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्कापक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ । औपचारिक रुपमा । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहाँका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेलदवारहरुको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस् । नेपाली कांग्रेसको कमजोरी भनेको प्रचारमा छ । हामी आफ्नो पार्टीको विचार संस्थागत विचार राख्न चासो राख्दैनौँ । कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा हाम्रो धेरै चासो र चिन्ता छ । यसमै लाग्ने हो भने हामी आफ्नो मुल लक्ष्यबाट टाढा हुन्छौँ ।’

प्रवक्ता महतले आफ्नो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन पनि दिए । 

Skip This
Skip This
Logo