साना ६ राजनीतिक दलले नागरिकता विधेयक, एमसिसी, एसपिपी लगायतविरुद्ध देशव्यापी विरोध गर्ने घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपालले संयुक्त रुपमा देशव्यापी विरोध गर्न लागेका हुन्।
साथै उनीहरुले नागरिकता विधेयकसम्बन्धमा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने, अमेरिकी उपविदेशमन्त्री डोनल्ड लुको विरोध जनाउन अन्तरक्रिया, विरोधसभा गर्ने लगायत कार्यक्रम पनि सार्वजनिक गरेको छ।





























प्रतिक्रिया