विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई एकदिन राजाका रुपमा देख्न चाहेको बताएका छन्। हृदयन्द्रको २१ औँ जन्मदिनको शुभकामना दिदैँ मिश्रले सो कुरा बताएका हुन्।
समाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले लेखेका छन्, -'बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ।
त्यसैले, संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँ। म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना !'



















