अर्थमन्त्रीमा जनार्दन शर्मा नै पुर्नबहाली हुने पक्का

अर्थमन्त्रीमा जनार्दन शर्मा नै पुर्नबहाली हुने पक्का

केन्द्रबिन्दु
0
Shares

पूर्व अर्थमन्त्री जनार्दन शर्माले सफाइ पाएपछि फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्कने पक्का भएका छन् ।

बजेट निर्माणको समय जेठ १४ को राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गराएको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि अर्थमन्त्रीकै जिम्मेवारीमा पठाउने भएको हो । पदाधिकारी चयन गर्ने एजेन्डा रहेको आजको स्थायी कमिटी बैठकले शर्मालाई पुनः जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी छ ।

शर्माले राजीनामा दिएपछि अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै राखेका छन् । माओवादी केन्द्रले अर्थमन्त्रीमा शर्माको पुनरागमन गराएर मात्रै निर्वाचनको मिति तोक्न दिने संकेत गरेको छ । आरोपित व्यक्तिलाई संसदीय छानबिन समितिले नै सफाइ दिएको हो । शर्माको बजेट निर्माण प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले छानबिनको क्रममा शर्माले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्ने पुष्टि नभएको भन्दै सफाइ दिएको छ । 

Logo