आर्थिक प्रकरणमा अध्यक्ष ओलीको आक्रोश : संसदीय छानबिन समितिलाई कल डिटेल समेत हेर्न दिइएन

आर्थिक प्रकरणमा अध्यक्ष ओलीको आक्रोश : संसदीय छानबिन समितिलाई कल डिटेल समेत हेर्न दिइएन

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिन लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्  ।

अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकीर समेत गरे । साउन १५ (खीर खाने दिन)को अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायब गरिएको दावी गरे । 

अध्यक्ष ओलीले भने , ‘अहिले सिसिटिभी राख्दा त फुटेज गायब । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाईने । कल डिटेल हेर्न चाँही पाईदैन, लजा । अब ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाईल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो । ’

Logo