महंगी र भ्रष्टाचारविरुद्ध बसन्तपुरमा एमालेको प्रदर्शन

महंगी र भ्रष्टाचारविरुद्ध बसन्तपुरमा एमालेको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको र्‍याली वसन्तपुरमा पुगेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ । 

प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित अनेरास्ववियू,  प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघलगायतका भ्रातृ र शुभेच्छुक संघसंगठनका प्रतिनिधि पनि प्रदर्शनमा सहभागी भएका छन् । 

Logo