सरकार र राजनीतिक दलहरू जनताप्रति उत्तरदायी नभएको भन्दै काठमाडौंमा युथ कंग्रेस नामक समूहले प्रदर्शन गरेको छ ।
प्रदर्शनमा उत्रिएका करिब २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो समूहले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि निषेधित क्षेत्रमा समेत प्रदर्शन गरेका थिए । विशेषगरी विवादास्पद प्रकरणमा मुछिएका जनार्दन शर्मालाई पुन: अर्थमन्त्रीमा नियुक्त गरिएको भन्दै सो समूहले प्रदर्शन गरेको हो ।
अर्थमन्त्री शर्मा प्रकरणमा प्रमुख प्रतिपक्ष दल पनि सशक्त रूपमा नउभिएको उनीहरूले आरोप लगाएका छन् । ुएमालेको स्वार्थ करायो, प्रतिपक्ष हरायोु नारासहितको ब्यानर लिएर उनीहरू प्रदर्शनमा उत्रिएका थिए । अर्थमन्त्री शर्मामाथिको छानबिनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियत देखिएको उनीहरूले आरोप लगाएका छन् ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेस गराई करको दर हेरफरेको आरोप लागेका अर्थमन्त्री शर्मालाई संसदिय विशेष छानविन समितिले नै आरोप पुष्टी नभएको भन्दै सफाई दिएपछि शर्माले पुन: नियुक्ति पाएका छन् । छानविन समितिमा रहेको प्रतिपक्षी दलका ४ सांसदले छानविन समितिको प्रतिवेदनमा फरक मत राखेको छ । तर प्रतिपक्षी एमालेले यस प्रकरणलाई खासै उठाउन नचाहेको देखिएको छ ।





























प्रतिक्रिया