अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोज्यो : बिजुक्छे

अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोज्यो : बिजुक्छे

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीले अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको आरोप लगाएको छ ।

अध्यक्ष नारायणमान बिजुक्छेले बुधबार एक विज्ञप्ति जारी गरी अमेरिकी प्रतिनिधिसभाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेका हुन् । उनले ताइवानलाई चीनको अभिन्न अंग भन्दै त्यहाँ अमेरिकी सभामुख जानु अमेरिकाको युद्ध उत्तेजनात्मक गतिविधि भनेको छ ।

विगतमा एक चीन नीतिलाई स्वीकार गरे पनि अमेरिकाले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति भएको नेमकिपाले बताएको छ । अमेरिकाले एसियामा युद्ध थोपर्ने चालबाजी गरिरहेको भन्दै नेमकिपाले एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गरेको छ ।

Skip This
Skip This
Logo