वाणिज्य बैंकको सञ्चालक समिति सदस्य नियुक्तिमा मेरो संलग्नता छैन–मन्त्री पोखरेल

वाणिज्य बैंकको सञ्चालक समिति सदस्य नियुक्तिमा मेरो संलग्नता छैन–मन्त्री पोखरेल


काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा आफ्ना सम्धीलाई नियुक्ति गरेको भन्दै गरिएको आलोचनाको बचाउ गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले आफ्नो बचाउ गरेका हुन् ।

सोमबार अर्थमन्त्री डा. युवराज खतिवडाले पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको सञ्चालक सदस्यमा नियुक्त गरेका थिए ।

मन्त्री पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन ।’

यस्तो छ पूरा विज्ञप्तिः

सबै महानुभावहरूमा अनुरोध 

केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।

मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कÞानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुस्खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् १ म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु ( तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन । किमार्थ टुट्न दिने छैन

ईश्वर पोखरेल
१० भदौ २०७७

Logo