नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा जिम्मेवारी बाँडफाँड, समसामयिक राजनीति र आगामी चुनावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
नेता मात्रिका यादवका अनुसार बैठकमा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपासँगको सहकार्यको विषयमा पनि छलफल हुने छ । डा। भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावमा जाने सहमति गरेको बताइएको छ । यसैबीच आजै माओवादीले निर्वाचन आयोगमा आगामी निर्वाचनका लागि दल गर्ने भएको छ। हालसम्म निर्वाचन आयोगमा ६२ दल आयोगमा दर्ता भएका छन्।































प्रतिक्रिया