नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देशबारे संसदमा आज जानकारी गराइने

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देशबारे संसदमा आज जानकारी गराइने

केन्द्रबिन्दु
0
Shares

आजको प्रतिनिधिसभा बैठकमा  नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे जानकारी गराइने भएको छ । 

सोमबार राष्ट्रपति कार्यालयले आफुकहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्बिचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ती निकालेर जानकारी गराएको थियो । राष्ट्रपति कार्यालयको सो पत्र संघीय संसद सचिवालयमा पुगे पछि मंगलबार सदनलाई जानकारी गराउने संभावित कार्यसूची आएको हो । 

सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्बिचारका लागि नागरिकता विधेयक संदेश सहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । पत्रमा १५ वटा सन्देश पठाइएको थियो ।

Logo