संयुक्त दल दर्ताका लागि प्रचण्ड–बाबुराम निर्वाचन आयोग जाँदै

संयुक्त दल दर्ताका लागि प्रचण्ड–बाबुराम निर्वाचन आयोग जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ता गर्नका लागि आज मंगलबार निर्वाचन आयोगकाे कार्यालय जाँदै छन्।

संयुक्त दल दर्ता गरेर एउटै चिन्ह्नबाट चुनाव लड्ने सहमती भएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ता गर्न आज निर्वाचन आयोग जाने भएकाे स्राेतले जानकारी दिएकाे छ।

दुई पार्टीका शीर्ष नेताबीच साेमबार भएकाे सहमती अनुसार नेसपा पनि माओवादीको चुनाव चिन्ह्न हँसिया हथाैडाबाट चुनाव लड्न तयार भएपछि आज संयुक्त दल दर्ताका लागि निर्वाचन आयाेग जान लागेका हुन्।

निर्वाचनमा दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा आयाेगले मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ।

 

Skip This
Skip This
Logo