राप्रपा नेपालका उपाध्यक्ष राजभण्डारी राप्रपामा फर्किए

राप्रपा नेपालका उपाध्यक्ष राजभण्डारी राप्रपामा फर्किए

केन्द्रबिन्दु
0
Shares

संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउँदै आएका दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किएका छन् । 

कमल थापा राप्रपा नेपालमा प्रवेश गरेपछि सँगै गएका उनी बिहीबार मूलधारको राप्रपामा फर्किएका हुन् । थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्थाको माग छाडेपछि असन्तुष्ट बनेको राजभण्डारीले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सबै राजावादी, हिन्दुबादी र राष्ट्रवादी शक्तिहरुबीच एकता आवश्यक रहेको बताए ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राजभण्डारीले भनेका छन्, 'राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रयासमा राप्रपा नेपालमा म सहभागी भएको थिए । तर मेरो निरन्तरको पार्टी एकता र सैद्धान्तिक स्पष्टताको प्रयासले सार्थकता पाउन सकेन ।'

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा राष्ट्रिय वातावरण तयार गर्न राजेन्द्र लिङदेन नेतृत्वको राप्रपालाई बलियो बनाउनुको विकल्प नभएको राजभण्डारीको भनाइ छ । 

Logo