प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल सकियो, सचिवालय बैठक १३ गते बोलाइयो 

प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल सकियो, सचिवालय बैठक १३ गते बोलाइयो 

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक यही भदौ १३ गतेका लागि बोलाएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफले भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हो।

दुई अध्यक्षबीच भदौ १३ मा सचिवालय बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकरी दिए ।

छलफलमा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

Logo