नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले केही दिनअघि पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
दुई अध्यक्षको छलफलपछि सचिवालय बैठक बोलाउने समेत सम्भावना रहेको छ । सचिवालय बैठकपछि प्रतिवेदनलाई स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरुको तयारी छ ।
दुई अध्यक्षबीच सोमबार नै भेटवार्ता हुने भनिएपनि अन्तिममा स्थगित गरिएको थियो ।





























प्रतिक्रिया