एमालेलाई पुरानो पार्टी नभन्न सांसद रिजालको आग्रह

एमालेलाई पुरानो पार्टी नभन्न सांसद रिजालको आग्रह


नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले एमालेलाई पुरानो पार्टी नभनिदिन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद रिजालले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘मेरा पार्टी, मेरो दलले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जवाफदेही ब्यहोर्न तयार छ । तर, इतिहासमा गरेका राम्रा कामहरु र जो अरुले नराम्रा काम गरेका छन् ती सँग मिसाएर हाम्रो दललाई पुरानो दल भन्ने भाष्य खडा नगरियोस्, त्यसरी नबुझियोस ।’

नयाँ दल आउनु स्वभाविक भएको भन्दै उनले त्यही आधारमा पुरानो दलको औचित्य नसकिने रिजालको भनाइ छ । 

Logo