काठमाडौं ।
नेपाली चलचित्र बजारमा आजदेखि चलचित्र ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । लभ स्टोरीमा आधारित यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा करण बर्मा, परमिता आर.एल. राणा, नीता ढुङ्गाना, बुद्दी तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका छ।
जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्माता जयराजकै कथा लेखन रहेको छ।
सुशील पोखरेलको पटकथा तथा संवाद रहेको फिल्ममा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रूपमा रहेका छन्। फिल्ममा सीमा क्षेत्रमा हुने गरेका आपराधिक क्रियाकलापलाई मुख्य विषयवस्तु बनाइएको छ।
प्रतिक्रिया