काठमाडौं

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले आज साँझ राजधानीमा रात्रिभोज आयोजना गर्नुभएको छ । "/>

राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्रीद्वारा रात्रिभोजको आयोजना

राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्रीद्वारा रात्रिभोजको आयोजना


काठमाडौं

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले आज साँझ राजधानीमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखका श्रीमान्श्री/मती सहभागी हुनुहुन्थ्यो । बिम्स्टेकका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले सो अवसरमा सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराउनुभएको थियो ।

रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिव लगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो । त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँकी धर्मपत्नी सरस्वती अर्यालले विशिष्ट अतिथिको स्वागत गर्नुभएको थियो ।
रासस

Logo