दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूतमा नियुक्त

दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूतमा नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकारको सिफारिशमा आज डा विश्वकर्मा नियुक्त भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् । 
 

Logo