गण्डकीमा मन्त्रिमण्डल विस्तार, दीपक मनाङे खेलकुद मन्त्री

गण्डकीमा मन्त्रिमण्डल विस्तार, दीपक मनाङे खेलकुद मन्त्री


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। 

गण्डकी प्रदेश सभाका सदस्थ तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानका अनुसार स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्ने भएका हुन्। 

सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको मन्त्री चुमानले बताए।

मन्त्री चुमानका अनुसार आजै नवनियुक्त मन्त्रीलाई सपथ गराइने कार्यक्रम तय भएको जनाएका छन्। 

प्रदेश सभामा आफूविरुद्धको अविश्वासको प्रस्ताव पेस भएपछि गुरुङले मन्त्री थप्न लागेका हुन् ।

माओवादी केन्द्रले मन्त्री फिर्ता गरेपछि रिक्त २ वटा मन्त्रालय मध्ये एकमा गुरुङले मन्त्री थप्न लागेका हुन् ।

Logo