गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए शपथ


गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित अन्य चार जना मन्त्रीले शपथ लिएका छन् ।

आज नियुक्त भएका मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् ।

मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् । 

मुख्यमन्त्रीसहित शपथ लिएका कुनै पनि मन्त्रीलाई विभागीय जिम्मेवारी भने दिइएकाे छैन । 

Logo