केन्याद्वारा नेपाल सामू १३१ रनको लक्ष्य प्रस्तुत

केन्याद्वारा नेपाल सामू १३१ रनको लक्ष्य प्रस्तुत


केन्याले पहिलो टी-२० क्रिकेटमा नेपाल सामू १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

नौरवीमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा  ८ विकेट गुमाएर १३० रन बनाएको हो । केन्याका लागि इरफान करीमले ३४ रन बनाए । लुकास ओलिओच ३१ रनमा नटआउट रहँदा नेल्सन ओडिआम्बोले १९, सचिन भुदियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए । 

बलिङ तर्फ सोमपाल कामीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र अदिल अन्सारीले एकएक विकेट झारे । 

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लामो समयपछि टिममा फर्किएका छन् । 

केन्या भ्रमणका क्रममा नेपालले ५ वटा टी २० र ३ वटा एकदिवसीय क्रिकेट खेल्नेछ । 

Logo