भारतकाे नयाँ प्रधानन्यायाधीशमा उदय उमेश ललित नियुक्त

भारतकाे नयाँ प्रधानन्यायाधीशमा उदय उमेश ललित नियुक्त


भारतमा उदय उमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । 

तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त भएका हुन्  ललितले शनिबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएका हुन् । 

उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बन्नु भएको छ । उनी सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । ललितको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहनेछ । भण्डै तीन महिने कार्यकालमा न्याय क्षेत्रलाई पारदर्शी बनाउने र मुद्दालाई छिटो टुंग्याउने बताएका छन् ।
 

Logo