#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व635706037698930915382888533
नेपाल181181582221

अस्ट्रेलियाबाट भाग्न खोजेका नेपाली चालक पक्राउ, पाँच अभियोग दर्ता

अस्ट्रेलियामा सवारी दुर्घटना गराई भाग्न खोजेका एक नेपाली सिड्नी शहरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

न्यू साउथ वेल्स राज्यस्थित कुमा शहरनजिकै अघिल्लो साता भएको दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान  गएको थियो । सोही दुर्घटनामा परेको कारका चालक सागर भट्टराई शुक्रबार पक्राउ परेका हुन् ।

उनलाई हाल मास्कोट प्रहरी कार्यालयको हिरासतमा राखिएको र उनीविरुद्ध ज्यान लिनेगरी खतरनाक शैलीमा सवारी चलाएको दुई अभियोग, गलत काम गरी हानी पुर्‍याएको दुई अभियोग र मानिसलाई गम्भीर हानी हुनेगरी खतरनाक शैलीमा सवारी चलाएको एक गरी पाँच अभियोग दर्ता गराइएको छ । उनलाई स्थानीय परामाता बेल कोर्टले जमानत अस्वीकार गरेका कारण मुद्दाको अर्को सुनुवाइ हुने मिति सेप्टेम्बर २७ सम्म उनी हिरासतमै रहने छ ।

दुर्घटनामा २२ वर्षे समिक्षा सुवेदी र गोपाल भण्डारीको ज्यान गएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार