मेस्सीलाई तीन महिना प्रतिबन्ध, ५० हजार डलर जरिवाना

लियोनल मेस्सीलाई जरिवानासहित तीन महिना प्रतिबन्ध लगाइएको छ ।

उनलाई खेल प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना तोकिएको अधिकारीहरुले जनाएका छन् । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो ।

अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु परेको थियो ।बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सीले त्यतिबेला “प्रतियोगिताको कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको” टिप्पणी गरेका थिए ।

प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उहाँ वञ्चित हुनेछन् । सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट खेल अर्जेन्टिनाले सन् २०२० को मार्च महिनाबाट शुरू गर्दैछ ।

मेस्सीलाई तीन महिना प्रतिबन्ध, ५० हजार डलर जरिवाना