मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बिहीबार बालुवाटार घेर्ने (विज्ञप्तिसहित )

मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बिहीबार बालुवाटार घेर्ने (विज्ञप्तिसहित )


मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बालुवाटार मार्च गर्ने भएको छ । काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न लागेको हो ।

संघर्ष समितिका संयोजक राम सुरत गुप्ताका अनुसार समितिले बिहीबार २ बजे बालुवाटार मार्च गर्नेछ । 

उनीहरुले दोषी मिटरब्याजी साहुहरुलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गरेका छन् । साथै उनीहरुले ऋणभन्दा बढी रकम तिरिसकेका पीडितहरुलाई ऋणमुक्त घोषणा गर्न पनि माग गरेका छन् ।

आन्दोलनलाई बृहत् नागरिक आन्दोलनको तर्फबाट सन्जीव उप्रेती, नारायण वाग्ले, भास्कर गौतम, अर्चना थापालगायतले साथ दिइरहेका छन् ।

Logo