रोहित पौडेल कप्तानीमा केन्याविरुद्धको एकदिवसीय आज

रोहित पौडेल कप्तानीमा केन्याविरुद्धको एकदिवसीय आज


नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेल्दै छ ।  

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो पौने एक बजे सुरु हुने छ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत  कब्जा गर्ने दाउमा छ । 

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो। केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । 

नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका  पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् । तीन एक दिवसीयमा दोस्रो खेल भोलि र र तेस्रो खेल भदौ २० गते हुनेछ ।

Logo