जेलिफिस किन अमर हुन्छन् ? कारण यस्तो रहेछ

जेलिफिस किन अमर हुन्छन् ? कारण यस्तो रहेछ


जो जन्मिन्छ उसले एक दिन आफ्नो देह त्याग गर्नैपर्छ ।
उदाहरणका लागि मानिस जन्मिन्छ, जवान भएर हुर्किन्छ र बुढ्यौली भएर मर्छ । यो प्रकृया सबै जीवहरूमा लागु हुन्छ, तर यो प्रकृयामा एउटा प्राणी अपवादमा पर्छ । ‘जेलीफिस’ एउटा यस्तो जीव हो जसमा बारम्बार आफ्नो युवावस्थामा फर्कने क्षमता हुन्छ । स्पेनको युनिभर्सिटी अफ ओभिडोका डा. कार्लोस लोपेज ओटिनको नेतृत्वमा अनुसन्धानकर्ताहरूको टोलीले जेलीफिसको आनुवंशिक अनुक्रमलाई तिनीहरूको लामो जीवनको रहस्य पत्ता लगाउन र यसले मानिसहरूलाई कसरी मद्दत गर्न सक्छ भन्ने आशयका साथ अनुसन्धान गरेका थिए । 

अध्ययनको लेखमा मारिया पास्कल टोर्नरले एक विज्ञप्तिमा भनेकी छिन् ‘उनको टोलीको अनुसन्धानले अमरताका लागि एउटा मात्र कारक नभएर धेरै प्रणालीहरूको सक्रियता रहेको फेला पारेका छन ।’ त्यस्तै गरी, जेलीफिसहरू प्लैङ्कटन (जेलीफिसको खाना) पाइने उच्च स्थान र समुद्रको गहिरो ठाउँहरू जहाँ तिनीहरूले अन्य सूक्ष्मजीवहरूलाई सजिलै पाउन सक्छन् ती ठाउँमा बस्न रुचाउछन् । 
सेलुलर प्रक्रिया जसलाई ट्रान्सडिफरेन्टिएसन पनि भनिन्छ । यो प्रक्रियाले जेलीफिसलाई पोलिप अवस्थामा फर्कन सहयोग गर्छ । अर्थात्, जवान जेलीफिशमा, यो पहिले नै परिपक्व भएको र पुनः उत्पादन भइसकेको हुन्छ ।

अनुसन्धानमा अन्वेषकहरुले के पत्ता लगाए भने जेलीफिस आफ्नो खानाको अभाव हुँदा परिस्थिति अनुकूल बाँच्न सिक्छन् । र परिस्थिती अनुकुल भएपछि यौन प्रजनन गर्दछ । जेलीफिशहरूमा बुढ्यौली उल्टाउने क्षमता हुन्छ । जसमध्ये अधिकांशले यौन परिपक्वतामा पुगेपछि आफ्नो यौन क्षमता गुमाउँछन् ।

कार्लोस लोपेज ओटिनले भने हाम्रो अध्ययन जेलीफिसले मानवमा अमरता ल्याउने तरिकाबारे खोज्नका लागि थिएन । हाम्रो अध्ययन सेलुलर प्लास्टिसिटीको मुख्य कारक र सीमितताबारे बुझ्नका लागि गरिएको थियो । यस अनुसन्धानपछि वैज्ञानिकहरूले बुढ्यौलीसँग सम्बन्धित धेरै रोगहरूको उपचारका बारेमा पनि जानकारी पाएको बताए । 

 

Logo