‘मारुनी’ प्रोमो लञ्चमा साम्राज्ञीको बोल्ड अवतारमा भावुक मन्तव्य (भिडियोमा)

काठमाडौं । फिल्म ‘मारुनी’ को प्रोमो सार्वजनिक भएको छ । प्रोमो लञ्ज प्रेसमिटमा फिल्मका सम्पूर्ण सदस्य उपस्थित थिए । निर्देशक नवल नेपाल, निर्माता पुनम क्षेत्री गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुंग लगायत प्रेसमिटमा उपस्थित थिए ।

कार्यक्रममा एकदमै बोल्ड अवतारमा देखिएकी नायिका साम्राज्ञी निकै भावुक बनिन् । लामो समय विदेश बसाई सकाएर स्वदेश फर्किएपछि पहलो पटक मिडियामा आएकी नायिका साम्राज्ञी चलचित्र प्रोमो हेरेपछि निकै भावुक बनेकी हुन् । उनीसँगै अन्य कलाकार पनि भावुक बनेका थिए ।

‘मारुनी’ प्रोमो लञ्चमा साम्राज्ञीको बोल्ड अवतारमा भावुक मन्तव्य (भिडियोमा)