निजामती सेवा ऐन रुपान्तरण गरी ल्याउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

निजामती सेवा ऐन रुपान्तरण गरी ल्याउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन् । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारी कार्यलयहरूमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए ।

निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहको पनि उनले औंल्याएका थिए । यस क्रममा प्रधानमन्त्री देउवाले निजामती कर्मचारीहरूले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरेका थिए ।

तर सरकारका कर्मचारीहरू कुनै राजनीतिक दल विशेष हुनु नहुने भन्दै कार्य सम्पादनमा कुनै पनि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर आफ्नो भूमिका निभाउन पनि निजामती कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘कोभिड १९ को महामारी, हालैको डेंगु रोगको प्रकोप, बाढी पहिरो लगायत प्राकृतिक विपद्को समयमा उद्धारमा लाग्न र पुनर्स्थापनाका लागि कर्मचारीहरूले सेवामा देखाएको दृढता प्रशंसनीय छ । तर यसमै सन्तोष गरेर अघि बढ्नुपर्ने छुट हामीलाई छैन । 

सरकारी कार्यलय अझै पनि सुस्त गर्ने, नागरिकमैत्री हुन सकेको छैन । यसमा तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न सबै विभागीय मन्त्रीज्यूहरू र सचिवजीहरूलाई निर्देशन दिन चाहन्छु । निजामती सेवामा भ्रष्टाचार अनियमितता हुन नदिन सबै सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आग्रह गर्दछु ।'

Logo