पुटिनको अनुपस्थितिमा गोर्बाचेभको विदाइ

पुटिनको अनुपस्थितिमा गोर्बाचेभको विदाइ


शनिबार पूर्व सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सयौं मानिसहरु लामबद्ध भएर स्वर्गीय नेतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

गोर्बाचेभले शीतयुद्धको अन्त्य मात्रै गरेनन्, सोभियत संघलाई कडा सुधारका साथ नयाँ दिशा पनि दिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनको विदाई कार्यक्रममा सहभागी भएनन् । रुसी संसदको मुख्यालय क्रेमलिनले गोर्बाचेभको राजकीय अन्त्येष्टि घोषणा गर्न अस्वीकार गर्नुले गोर्बाचेभप्रति उनको असहजता दर्शाउँछ।

गोर्बाचेभलाई विश्वभरका मानिसहरूले सम्मान गरे पनि रुसले उनलाई सम्मान दिन सकेन। क्रेमलिनले राष्ट्रपति पुटिन आफ्नो व्यस्तताका कारण गोर्बाचेभको अन्त्येष्टिमा सहभागी हुन नसकेको बताएको छ । पुटिन शनिबार कुन विशेष कार्यक्रममा व्यस्त हुनेछन् भनेर सोध्दा, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले  राष्ट्रपतिसँग कार्य बैठकहरूको ठूलो श्रृंखला भएको बताएका थिए।

गोर्बाचेभलाई मस्कोको नोवोडेभिची कब्रिस्तानमा उनकी पत्नी राइसाको छेउमा गाडिएको छ। शनिबार, शोक मनाउनेहरू गोर्बाचेभको खुला कफिनबाट गुज्रिएका थिए र फूलहरू छर्दै संगीत बजाइएको थियो। गोर्बाचेभकी छोरी इरिना र उनका दुई नातिनीहरू कफिनको छेउमा बसेका थिए।

Logo