पल शाहलाई साढे २ वर्षको कैद सजाय

पल शाहलाई साढे २ वर्षको कैद सजाय


 नायक पल शाहलाई अढाई वर्ष जेल सजाय तोकिएको छ । 

नवलपुर जिल्ला अदालतले पललाई बलात्कारको मुद्दाबाट सफाई दिएपनि बाल यौन दुरुपयोगमा भने दोषी ठहर गरेको हो । यज्ञप्रसाद आचार्यको इजलासले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल तथा  २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । 

साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने पनि फैसला भएको छ । 

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । उनीविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो । साेपछि उनी थुनामा रहेका छन् । 

Logo