४५ वर्ष सजाय सुनाइएकी साउदी महिलाले राजाविरुद्ध के सामग्री पोस्ट गरेकी थिइन ?

४५ वर्ष सजाय सुनाइएकी साउदी महिलाले राजाविरुद्ध के सामग्री पोस्ट गरेकी थिइन ?


साउदीेमा  एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो ।

तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भनेर खुलाइएको थिएन् । मंगलबार भने सरकारले महिलाले पोस्ट गरेको सामग्री र उनीमाथि लगाइएको आरोपबारे खुलासा गरेको छ ।  

महिलालाई राजा सलमान र युवराज मोहम्मद बिन सलमानको धर्म र न्यायलाई चुनौती दिन ट्विटर प्रयोग गरेको अभियोग लगाइएको छ ।

पाँच सन्तानकी आमा नुराह अल–काहतानीलाई साउदी अधिकारीहरूले दुरासयपूर्ण सामग्री   पोस्ट गरेकोमा गत हप्ता जेल सजाय सुनाइएको थियो । उक्त सजायले पश्चिम देशले निन्दा गरेको थियो । 

अल काहतानीले अधिकारीहरूको अपमान गर्न र सुरक्षा मुद्दामा विचाराधीन बन्दीहरूलाई रिहाइका लागि ट्वीटर प्रयोग गरेको आरोप लागेको छ ।
 

Logo