एमएडब्लुले नेपालमा विक्री गर्याे १० हजार जेसीबी मेसिन

एमएडब्लुले नेपालमा विक्री गर्याे १० हजार जेसीबी मेसिन


नेपालका लागि जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नेपालमा १० हजार जेसीबी मेसिन विक्री गरेको छ । कम्पनी १० हजार जेसीबी मेसिन विक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ ।

शुक्रबार जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठी र एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १०,०००औं मेसिनको चाबी हस्तान्तरण गरेका हुन् ।

१०,०००औं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए । उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पुर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको बताए ।

त्यस्तै, कालिका कालिका कन्स्ट्क्सन प्रालिका प्रबन्ध निर्देशक निकोलस पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए ।
नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्ट क्षेत्रको अग्रणी खेलाडी मानिने एमएडब्लु जेसीबीले गुणस्तरीय र वर्ल्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

Logo