टीभीएसको ‘कायापलट’ योजनाः खरिद नगर्दै लाखौंको नगद उपहार

टीभीएसको ‘कायापलट’ योजनाः खरिद नगर्दै लाखौंको नगद उपहार


नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ ।  

यस योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । यसमा नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । 

हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिने छ । यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

यसै योजनाअन्तर्गत धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ आरटीएफआई स्कुटर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउन सफल भएका छन् भने स्याङ्गजाका ईम वहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफआई स्कुटर नकिन्दै ४ हजार र किनेपछि एक लाख गरी १ लाख ४ हजार रुपैयाँ हात पारिसकेका छन् । 

Logo