दाङको घोराहीस्थित श्री माध्यमिक विद्यालयमा कार्यरत शिक्षक गणेश केसी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले केसीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । केसीले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग घुस लिएको अख्तियारले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।