पोखराको न्यूरोडमा भीषण आगलागी
Photo: pokharanews

पोखरा । पोखराको न्युरोडमा आगलागी भएको छ । न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडि ४ वटा पसलमा आगलागी भएको हो । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन् ।

आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । नर्व दुर्गा फनिचरबाट सुरु भएको आगो अरु पसलमा सल्किएको छ ।

पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

दिउसो करिब ४ बजे देखि सुरु भएको आगो अझै नियन्त्रणमा आइसकेको छैन् । आगलागीबाट न्युरोड स्थित कार्पेट तथा पर्दा पसल गरि ४ ओटा सटरमा क्षति पुगेको छ ।