सेलपे सेवाले ल्यायो ग्राहकहरुका लागि दसैं धमाका अफर

सेलपे सेवाले ल्यायो ग्राहकहरुका लागि दसैं धमाका अफर


भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले यस नेपालीहरुको चाड विजय दशमीको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ ।  यस अफरअन्तर्गत अन्तर्गत हरेक ग्राहकहरुले निम्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

  • हवाई टिकटमा रु १२०० सम्मको क्यासब्याक । 
  • बस टिकटमा १०% सम्मको क्यासब्याक ।
  • सुबिसु इन्टरनेट भुक्तानीमा ५% क्यासब्याक ।
  • भायनेट  इन्टरनेट भुक्तानीमा ५% क्यासब्याक ।
  • मोबाईल रिर्चाजमा ६% क्यासब्याक ।

यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेका छन्-

– बास्तविक समयमा भुक्तानी 
– सरल र सुरक्षित
– बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पि२पि, पी२बी बि२पी, बि२बि आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ । 

Logo