#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18446766697222607182111677723
नेपाल2075057573214961

पत्रकार रवि लामिछाने पक्राउ

काठमाडौं,

प्रहरीले आज न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेलाई पक्राउ गरेको छ । उनीसँगै युवराज कँडेल पनि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले आज साँझ उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रहरीले आजै दिउसो अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका उनीहरु ३ जनालाई शालिकरामको मृत्यु पहिले सार्वजनिक भएको भिडियोमा दोषी देखाइएको थियो । पक्राउ परेका तीनै जनालाई आजै चितवन लगिने पनि बताइएको छ ।

सम्बन्धित समाचारहरु