हेटौंडामा हुने राप्रपा नेपालको ‘बृहत राष्‍ट्रिय भेला’ स्थगित

हेटौंडामा हुने राप्रपा नेपालको ‘बृहत राष्‍ट्रिय भेला’ स्थगित


राप्रपा नेपालको आगामी असोज ७ र ८ गते हेटौंडामा हुने भनिएको बृहत राष्ट्रिय भेला स्थगित भएको छ।

आगामी असोज ७ र ८ गते हेटौंडामा आयोजना गर्ने तयारी गरेको बृहत राष्ट्रिय भेला हाललाई स्थगित गरेको राप्रपा नेपालले जनाएको छ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले हेटौडामा गरिने भनिएको बृहत राष्ट्रिय भेला हाललाई स्थगित गरेको जानकारी दिए।

स्थगित बृहत भेला आयोजना गरिने नयाँ मितिका विषयमा अर्को सूचना जारी  गरिने राप्रपा नेपालले जनाएको छ।

Logo